२०८२ भाद्र ३०, सोमबार १२:४५

अर्थमन्त्री रामेश्वर खनाल; ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा नियुक्त हुनुभएका तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गाेपनीयताकाे शपथ गराउनुभएको हो । अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित चार सदस्यीय बनेको छ ।

अर्थमन्त्रीमा नियुक्त रामेश्वर खनाल पूर्व अर्थसचिव एवम् अर्थविद् हुनुहुन्छ ।

यस्तै इन्जिनियर रहनुभएका कुलमान घिसिङलाई केही महिनाअघि केपी शर्मा ओली सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो ।

ओमप्रकाश अर्याल कानून व्यवसायी हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News