२०८२ भाद्र ३०, सोमबार १९:३२

सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको न्यायीक छानविन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा भएको ज्यादती र धनजनको क्षति लगाएतको छानविन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको उहाले बताउनुभयो ।



त्यस्तै बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ भने आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै सबै शहिदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय वैठकले उहाले जानकारी दिनुभयो । बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएकालाई १० लाख र अन्य खर्च ५ लाख सहित १५ लाख रुपैया राहत दिने निर्णय गरेको मन्त्री अर्यालले बताउनुभयो ।

बैठकले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय समेत गरेको छ । त्यस्तै अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गर्ने निर्णय गरिएको उहाले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News