२०८२ भाद्र ३१, मंगलवार १२:०४
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसंग छलफल गर्नुभएको छ ।
मंगलबार तिलगंगा आखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसंग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफुले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा रुइतसंग आग्रह गर्नुभएको थियो । जवाफमा डा रुइतले आफुले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिनुभएको बुझिएको छ । छलफलपछि डा रुइतले आफुले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताउनुभयो ।
जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफु चिकित्सकीय पेशामार्फत नागरिकको सेवामा तल्लिन हुने बताउदै आउनुभएको छ ।


