२०८२ भाद्र ३१, मंगलवार १६:२६

जेन–जी आन्दोलनमा मारिएकाहरूको मंगलबार शवयात्रा भएको छ। जेन–जी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागि मारिएकाहरूको शवयात्रा गरिएको हो।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमर्टपछि मृतकका आफन्तलाई शव हस्तान्तरण गरिएको थियो। त्रिवि शिक्षण अस्पतालबाट शवयात्रासहित मंगलबार पशुपतिस्थिति आर्यघाट पुर्‍याएर मृतकरूको अन्त्येष्टि गरिएको हो।

शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी थिए। उनीहरूले राष्ट्रिय झन्डा ओढाए। मृतकहरूलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

शवयात्राका क्रममा मृतकका आफन्त शोकविह्वल देखिन्थे। शवयात्रामा सरिक भएकाहरू पनि भावविह्वल बनेका थिए।

Comment


Related News

Latest News

Trending News