२०८२ भाद्र ३१, मंगलवार १६:५३
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ। मोदीका तर्फबाट भारतीय राजदूत कार्कीलाई सिंहदरबारमा आजै भेट्ने भएका छन्।
प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्न भारतीय राजदूतले प्रधानमन्त्री कार्यालयमा समय लिएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार मोदीसँग बिहीबार कुरा हुने तय भएको छ।
यसअघि भारतीय विदेश मन्त्रालयले कार्कीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिइसकेको छ। मोदीले मणिपुर पुगेर पनि नेपालको असामान्य अवस्थामा नागरिक सरकार गठन हुन सकेकामा स्वागत गरेका थिए।



