
सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ ।
सुन एकैदिन एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख १७ हजार एक सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि घटेको छ ।
चाँदी ४५ रुपैयाँले घटेर तोलाको दुई हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च दुई हजार पाँच सय ९५ रुपैयाँ थियो ।