
जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् ।
पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताले बुधबार हस्ताक्षर गरेर सो माग गरेका हुन् ।

जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै राजीनामा मागिएकाे हाे ।
उनीहरूको राजीनामा माग गर्नेमा केन्द्रीय प्रवक्ता डा.शरतसिंह भण्डारी, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बमले रहेका छन् ।