
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले संविधान दिवसका दिन जेन-जी आन्दोलनमा मृत्यु भएकाहरुप्रति शोक व्यक्त गर्ने भएको छ।
बुधबार काठमाडौँमा बसेको पार्टी पदाधिकारीलको बैठकले यस्तो निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता आभास लाभले जानकारी दिए। साथै बैठकले जेन-जीको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई श्रदाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

उनले भने, ‘जेन-जी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरुप्रति गहिरो शोक एवं श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यही असोज ३ गते पर्न गएको संविधान दिवसलाई शोक दिवसको रुपमा मनाउने आजको बैठकले निर्णय गरेको छ।’