२०८२ आश्विन ३, शुक्रबार ०७:०९

मधेश प्रदेश सभा सञ्चालन गर्न विपक्षी दलहरुले मुख्यमन्त्री सतीशकुमार सिंह र अर्थमन्त्री सुनिल यादवको राजीनामा नमाग्ने भएका छन् ।

विपक्षी दलहरुले बिहीबार सभामुख रामचन्द्र मण्डललाई भेटेर प्रदेश सभा सञ्चालन गर्न माग गर्दै मुख्यमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने मागलाई नउठाउने प्रतिबद्धता जनाएको जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले जनाए । संसद बैठक बोलाउनबाट पञ्छिन खोजेका कांग्रेस र एमाले समेतको सहमतिमा शनिबार बिहान ११ बजे सर्वदलीय बेठक बोलाइएको छ ।

सो भेटमा नेकपा एसका नेता रत्नेश्वर गोइत, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता युवराज भट्टराई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News