२०८२ आश्विन ३, शुक्रबार १७:४१

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट मुलुकलाई निकास दिने काम भएको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको अवस्थालाई सवैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान समेत गर्नुभयो ।



सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन उहाले आह्वान गर्नुभयो ।

राष्ट्रपति पौडेलले नयाँ संविधानका कारण संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएको उल्लेख गर्दै सवैले यसको रक्षा गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने दृढ विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको उल्लेख गर्दै यी सम्भावनालाई न्यायोचित ढङ्गले उपयोग गर्न सके आमनेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिने स्पष्ट पार्नुभयो । उहाले बेथितिको अन्त्य, रोजगारी सिर्जना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सके जेन्जी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथितिको अन्त्य हुने जिकिर गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News