२०८२ आश्विन ३, शुक्रबार १७:४९

गृह मन्त्रालयले समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू रोक्न सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

“जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शनपश्चात विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाइल नं. ९८५१३६०६०३ सहितको सहायता कक्ष (हेल्प डेस्क) गृह मन्त्रालयमा स्थापना गरिएको,” मन्त्रालयको सूचनामा भनिएको छ ।



गृहले आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइबरमार्फत जानकारी गराउन सबैमा अनुरोध गरेको छ ।

 

Comment


Related News