
जनकपुरधाममा संघीय लोकतान्त्रिक मोर्चाले कालो दिवस मनाएको छ ।
मोर्चाको केन्द्रिय सर्कुलर अनुसार जनकपुरधाम सहित मधेशका जिल्लाहरुमा मोर्चा आवद्ध दलहरुले संयुक्त रुपमा शुक्रबार बेलुका कालो दिवस मनाएको छ ।

जनकपुरधामको जनकचोकमा मोर्चाका नेताहरुले टाउकोमा कालो पट्टी बाँधेर विरोध जनाएका छन् ।
संघीय लोकतान्त्रिक मोर्चा आवद्ध जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल , तराई मधेश लोकतान्त्रिक पार्टी , राष्ट्रिय मुक्ति पार्टी नेपाल लगायत दलका नेताहरुले मधेश संग विभेदपूर्ण रुपमा ल्याइएको संविधानमा व्यापक सुधार एवं परिमार्जनको आवश्यकता रहेको बताए ।
जनकचौकमा आयोजित कार्यक्रममा नेताहरुले संविधान संशोधनको मांग समेत गरेका छन ।