
जेनजी आन्दोलनपछि उत्पन्न विषम अवस्थामा नेपाल यात्रामा सतर्कता अपनाउन आग्रहसहित भारतले आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । नेपालमा रहेको भारतीय दूतावासले भदौ २३ र २४ गतेको आन्दोलनपछि उत्पन्न अवस्था पछिल्ला दिनमा सुध्रिएको भए पनि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन भनेको हो ।
दूतावासले एड्भाइजरीमा गएको हप्ताको तुलनामा नेपालमा स्थिति सुध्रिएको तर सतर्कता अपनाउन आवश्यक रहेको जनाएको छ । सडकमार्ग हुँदै आवागमन र उडान नियमित रूपमा चलिरहेका भए पनि नेपाल यात्रा गर्ने भारतीय नागरिकले सतर्कता अपनाउन र भारतीय दूतावास वा स्थानीय प्रशासनले जारी गर्ने एड्भाइजरीको पालना गर्न सुझाव दिएको छ ।

भारतीय दूतावासले आवश्यक परेको खण्डमा सम्पर्क गर्न आफ्ना नागरिकको सहायताका लागि हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेल पनि सार्वजनिक गरेको छ ।