२०८२ आश्विन ४, शनिबार १५:०५

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रदेश सरकार विघटन गरेर सङ्घीयतालाई बलियो बनाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा जारी केन्द्रीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सङ्घीयतालाई बलियो बनाएर जानुपर्ने बताए ।



उनले भने, मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, लुट एवं भ्रष्टाचार अन्त्य गर्न दलाल दल तन्त्रको सट्टा आम जनताको शासनका जरुरी छ । हामीले दुई वर्ष अघि तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । सोही तेस्रो जनआन्दोलनको जगमा अहिले जेनजीको जनविद्रोह गरेका हुन् ।

मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, दलहरूको लुटकारी दलतन्त्रका कारण मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र नै धराशायी बन्दै गएको भएको दाबी गरे। संविधान र व्यवस्था गलत भएकै कारण नेपाली जनताको अवस्था खराब भएको बताए।

उनले थपे, संविधान र व्यवस्था गलत थियो, यही व्यवस्था कायम राखेर जेनजीहरूको माग सम्बोधन हुँदैन। यो संविधान खारेज गरेर भएपनि जेनजीहरूको माग सम्बोधन गर्नुपर्छ।

Comment


Related News

Latest News

Trending News