जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत देशको वर्तमान समस्या र अवस्थाको बारेमा लेखेका छन् ।
संविधानमा समस्या रहेको भन्दै उपाध्यक्ष यादवले नेतृत्वको नियत, राज्य र पार्टी संचालनको संरचनामा समेत समस्या रहेको टिप्पणी गरेका छन् । उनले संविधान पुनर्लेखनको माग समेत गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका उपाध्यक्ष यादवले लेखेका छन्, ‘मुलुक संकट उन्मुख छ । जेन जीको आन्दोलनलाई अनदेखा र फेरि चतुरेहरू अर्कै अर्कै कुरा गरेर राजनीतिलाई अरुतिर लाने कोशिश गर्दै छ । मूल समस्याको समाधान नगरी आ–आफ्नो दुनो र स्वार्थ सोझाउने कर्ममा तल्लीन स्वार्थीहरुलाई रोकेन भने अर्को दुर्घटनालाई कसैले रोक्न सक्दैन । समस्या संविधानमा छ, नेतृत्वको नियतमा छ र राज्य र पार्टी संचालन र संरचनामा छ । त्यसैले राज्यको आमूल रूपान्तरण अनिवार्य शर्त हो। राज्यको आमूल रूपान्तरणको लागि संविधानको पूनर्लेखन, पार्टीहरुको पूनर्गठन र नेतृत्वको पुस्तान्तरण हो । यदि संविधान उत्कृष्ट, पार्टी र राज्य जनमैत्री र नेतृत्व सहि हो भने यत्रो ठूलो विद्रोह किन ? केबल एक थान असंवैधानिक टीके सरकार र चुनावको सुगा रटान समस्याको समाधान किमार्थ होइन, हुन सक्दैन ।’



