२०८२ आश्विन ५, आईतवार ०९:५४

रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।

भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका–८ मोतिपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३-०१-०२२ च १८६१ बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजु कार्कीले बताएका छन्।

मोतिपुरबाट जटहरातर्फ गइरहेको उक्त पिकअप गाडीमा माथिल्लो भागमा करिब २० पोका काउली लोड गरिएको थियो। तर तलको भाग चेक गर्दा २६ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।

गाडी चालक भने प्रहरी देख्ने वित्तिकै फरार भएका कारण प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर चालकसहितका अन्य संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारेको प्रवक्ता कार्कीले जानकारी दिएका छन्।

Comment


Related News

Latest News

Trending News