२०८२ आश्विन ५, आईतवार १८:२०

अर्थमन्त्री रामेश्वर खनालले तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन्। आइतबार मन्त्रिस्तरीय निर्णयबाट जिम्मेवारी हेरफेर गरिएको हो।

जसअनुसार सहसचिव महेश आचार्यलाई वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा सारिएको छ। साविकमा उनी वित्तीय तालिम केन्द्रमा थिए।

वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सेवन्तक पोखरेललाई वित्तीय संघीयता महाशाखाको जिम्मेवारी दिइएको छ।

वित्तीय संघीयता महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका महेश बराललाई तालिम केन्द्रमा सरूवा गरिएको छ।

Comment


Related News

Latest News

Trending News