२०८२ आश्विन ६, सोमबार ०७:०८

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले विज्ञहरुलाई प्राथमिकता दिदै ५ जना मन्त्री थपेकी छन् । दोश्रो पटक विस्तार गरिएको समेत मन्त्रिपरिषद्मा ९ जना पुगेका छन् ।

पहिलो पटक प्रधानमन्त्रीले ३ जनालाई मन्त्री बनाएकी थिइन् । उनले ७ जना मन्त्री थपेर ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेकी थिइन् । तर अन्तिम समयमा ५ जनालाई मात्रा मन्त्री बनाइएको छ ।

राष्ट्रपति कार्यालय स्रोतले जनाए अनुसार पूर्व न्यायधीश अनिल कुमार सिन्हा, वैज्ञानिक महावीर पुन, संचारकर्मी जगदीश खडेल, स्वास्थ्यकर्मी संगीता मिश्र र मदन परियार मन्त्री नियुक्त भएका छन् । सिन्हालाई कानून, उद्योग वाणिज्य, भूमि सुधारलगायतको मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पुनलाई शिक्षा मन्त्रालय, मिश्रालाई स्वास्थ्य, खडेललाई सञ्चार तथा प्रविधि र परियारलाई कृषि मन्त्रालय दिइएको छ । पूर्व न्यायधीश सिन्हालाई कानून, स्वास्थ्यकर्मी मिश्रालाई स्वास्थ्य, सञ्चारकर्मी खडेललाई सञ्चार, वैज्ञानिक पुनलाई शिक्षा र परियारलाई कृषि मन्त्रालय दिइएको छ ।

मिश्रालाई विगतको सरकारले स्वास्थ्य सचिवमा बढुवा गरेको थिएन । उनी असन्तुष्ट भई ६ महिनादेखि विदामा थिइन । दोश्रोपटक विस्तारीत मन्त्रिपरिषद्मा समेत जेन– जी युवाहरुको प्रतिनिधित्व भएको छैन ।

रिक्त रहेको १३ मन्त्रालय मध्ये प्रधानमन्त्री कार्कीले २ जना मन्त्री मात्र अब नियुक्त गर्ने छिन् । यसअघि नै उनले ११ सदस्यीय मन्त्रिपरिषद् मात्र गठन गर्ने घोषणा गरेकी थिइन् ।

संघीय सरकारमा २२ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रावधान छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेको छ ।

त्यसैगरि जेन– जीको आन्दोलन छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको छ । आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर प्रसाद भण्डारी रहेका छन् ।

Comment


Related News

Latest News

Trending News