नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्रप्रसाद यादवसहितको टोलीले मधेश प्रदेशमा जेन– जी आन्दोलनको क्रममा भएको क्षति तथा आगजनी गरिएको मुख्यमन्त्री कार्यालयदेखि प्रदेशसभासम्मको अवलोकन गरी जानकारी लिएका छन् ।
जनकपुरधाममा आइतबार सहमहामन्त्री यादवको अगुवाइ तथा उर्जा सिचाइँ तथा खानेपानी मन्त्री शेषनारायण यादवसहितकाले गरेको अवलोकन तथा जानकारीको क्रममा मधेश प्रदेशको प्रशासनिक निकायको रुपमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशको प्रदेशसभा, विभिन्न मन्त्रालयको कार्यालयको भवन, मुख्यन्यायाधिवक्ताको कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलगायतको गरेका थिए ।
सो क्रममा उनीसंग नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झा, कांग्रेस मधेश प्रदेशका सदस्य जीवनाथ चौधरीलगायतकाहरुको सहभागिता रहेको थियो ।



