२०८२ आश्विन ६, सोमबार ०७:१८

दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा वीरगञ्जमा पहिलो पटक ‘चुनरी यात्रा’ निकालिने भएको छ । विश्व हिन्दू परिषद् नेपालले आयोजना गर्न लागेको यो धार्मिक तथा सांस्कृतिक यात्रा सोमबार अपरान्ह ३ बजेदेखि वीरगन्ज– माईस्थानस्थित गहवामाई मन्दिरबाट शुरु हुनेछ ।

यात्रामा १५१ मिटर लामो चुनरी गहवामाईलाई अर्पण गरिनेछ । आयोजक परिषद्को वीरगञ्ज महानगर समितिका सचिव दीपेन्द्र कुमार सर्राफका अनुसार करिब १ हजार ५ सय भक्तजनले हातमा बोकेर निकाल्ने उक्त ‘चुनरी यात्रा’ नगर परिक्रमा गर्दै पुनः गहवामाई मन्दिरमै पुगेर विशेष पूजा–आराधनासहित समापन गरिने भएको छ ।

सर्राफले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, “देश र समाजको हित तथा सर्वजनको मंगलकामना गर्दै ‘चुनरी यात्रा’ आयोजना गर्न लागिएको हो । यसका लागि कुनै आर्थिक सहयोग कसैबाट लिइएको छैन ।” उनले सम्पूर्ण हिन्दू धर्मावलम्बीलाई भक्तिभावपूर्वक यात्रामा सहभागी हुन आह्वान गर्दै गहवामाईलाई अर्पण गरिने चुनरीलाई धार्मिक एकता र समर्पणको प्रतीकका रूपमा व्याख्या गरे ।

वीरगञ्जमा पहिलोपटक आयोजना हुने यो ‘चुनरी यात्रा’लाई स्थानीयस्तरमा भव्य र ऐतिहासिक बनाउन व्यापक तयारी गरिएको आयोजकले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News