२०८२ आश्विन ६, सोमबार ०७:३०
सप्तरीबाट दुई जना विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बेल्हीमा रहेको चन्ही–बेल्ही सडकखण्डबाट प्रहरीले ती विदेशी महिलालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
पक्राउ परेकामध्ये उज्जवेकिस्तान की ३९ वर्षीया फेरुजा याख्शिमुरातोवा र ३९ वर्षीया शोखिस्ता अकबारोवा रहेको सप्तरी प्रहरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जनाए ।
उनीहरुलाई प्रहरी चौकी बेल्हीका प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले शंकाको आधारमा चेक जाँच गर्ने क्रममा नेपालतर्फबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।
उनीहरुलाई भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका अघि बढाइएको उनले बताए ।



