
एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को दोस्रो खेलमा आज भारतले पाकिस्तानलाई हराएको छ । गएराति भएको खेलमा भारतले पाकिस्तानलाई छ विकेटले हरायो ।
पाकिस्तानले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर पाँच बलमा चार विकेट गुमाएर भेटायो । भारतका अभिषेक शर्माले ७४, शुभमन गिलले ४७ र तिलक वर्माले अविजित ३० रन बनाए । पाकिस्तानका हरिस रउफ दुई तथा फहिम अशरफद र अबरार अहमदले समान एक विकेट लिए । त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले पाँच विकेट गुमाएर एक सय ७५ रन बनायो ।

पाकिस्तानका साहिबजादा फरहानले ५८, साइम अयुब र मोहम्मद नवाजले समान २१ रन बनाए । भारतका शिवम दुबे दुई तथा हार्दिक हिमांशु पाण्डे र कुलदीप यादवले समान एक विकेट लिए । यो जीतसँगै भारतले सुपर–४ को तालिकामा महत्त्वपूर्ण दुई अङ्क जोडेको छ ।
सुपर–४ मा भोलि पाकिस्तान र श्रीलङ्क खेल्दैछन् । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् । सुपर–४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।