२०८२ आश्विन ६, सोमबार ११:३४

सुनको भाउले फेरि कीर्तिमान बनाएको छ ।

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर दुई लाख १७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि भदौ ३१ गते सुनको भाउ दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने सुनको भाउ घट्दै आएकोमा आज बढेको हो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेर तोलाको दुई हजार छ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News