२०८२ आश्विन ६, सोमबार १८:२१

जनता समाजवादी पार्टी नेपालले समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग पार्टी एकता गर्न प्रयास गर्ने निर्णय गरेको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विचार, सिद्धान्त नमिल्ने तर राजनीतिक मुद्दाहरू मिल्ने राजनीतिक दलहरूसँग संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्य गर्ने पनि निर्णय गरेको छ।

‘समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग पार्टी एकता गर्न प्रयास गर्ने, विचार, सिद्धान्त नमिल्ने तर राजनीतिक मुद्दाहरू मिल्ने राजनीतिक दलहरूसँग संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्य गर्ने निर्णय भएको छ,’ केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुण पूर्ण बस्नेतले जानकारी दिए।

त्यस्तै संघीय लोकतान्त्रिक मोर्चालाई अझ बढी क्रियाशील, प्रभावकारी र सवल बनाउने तथा संघीयता, समानता, लोकतन्त्र, गणतन्त्र, धर्मनीरपेक्षता, समावेशिता र सामाजिक न्यायका विरुद्ध रहेका प्रतिगमनकारी शक्तिलाई परास्त गर्न समय र परिस्थिति अनुसार अन्य दल वा मोर्चासँग पनि सहकार्य गर्न सकिने पनि निर्णय गरेको उनले बताए।

बैठकले जसपा नेपाललाई एउटा शसक्त क्रान्तिकारी समाजवादी शक्तिको रूपमा रूपान्तरण गर्दै लैजानुपर्ने निष्कर्ष निकालेको छ।

‘जसले मुलुकमा संघीयता, सुशासन, समानता, स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न सकोस्। उत्पीडित वर्ग, उत्पीडित जात/जाति, उत्पीडित समुदाय अर्थात् उत्पीडित र उपेक्षित राष्ट्रियताहरूको हक, अधिकार र न्याय प्राप्तिका लागि संघर्ष गर्न सक्षम् होस्। विगतमा हाम्रो पार्टी विरूद्ध आन्तरिक र बाह्य दुुबै तर्फबाट व्यापक षड्यन्त्र, चलखेल, आक्रमण र विखण्डन गराएका छन्, भएका छन्। यसको पनि अध्ययन, अनुसन्धान र विश्लेषण गरिनुपर्ने नै छ। विगतको घटना क्रममलाई मूल्याङ्कन गरी भविष्यमा हुन सक्ने यस्ता षड्यन्त्र, चलखेल र दुर्घटनाबाट पार्टीलाई जोगाउन पार्टीका सम्पूर्ण सदस्यहरू यस्ता क्रियाकलापहरु प्रति सचेत र चनाखो रहनुपर्दछ । रोगको निदान समय मै गर्नुपर्दछ,’ बैठकपछि जसपा नेपालले भनेको छ।

पार्टीको नीति, सिद्धान्त, निर्णय र विधान तथा कार्य पद्धतीविपरीत कार्य गर्ने, पार्टी एकतालाई कमजोर पार्ने र पार्टी भित्र गुुटबन्दी गर्नेविरूद्ध चनाखो रहन पार्टी पंक्तिलाई सचेत गराएको छ।

त्यस्तै पार्टी र पार्टी नेतृत्व विरूद्ध भ्रम सिर्जना गर्ने, सामाजिक सञ्जालहरु फेसबुक, एक्स, इन्स्टाग्राम आदीलाई प्रयोग गरी पार्टी र पार्टीका नेताहरु विरुद्ध नकारात्मक प्रचार गर्ने, पार्टी अनुशासन उल्लघंन गरी हिड्नेप्रति पनि सचेत रहन भनिएको छ।

‘पार्टीले दिएको दायित्व र जिम्मेवारी पूरा नगर्ने, पार्टी विरूद्ध रहेका व्यक्ति वा शक्तिसँग साँठगाँठ गरी पार्टीलाई कमजोर पार्ने, पार्टी विरूद्ध षड्यन्त्र गर्ने, व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि मात्र कार्य गर्ने, पार्टीभित्र अनावश्यक द्वन्द्व सिर्जना गर्ने जस्ता गैर–राजनीतिक चरित्र र प्रवृत्तिबाट पार्टीलाई जोगाउँदै पार्टीको क्रान्तिकारी सिद्धान्त एवं कार्य पद्धति र संगठनात्मक शक्तिलाई रक्षा गर्ने र असमाजिक प्रवृत्ति, चरित्र र क्रियाकलाप तथा पार्टीलाई कुनै प्रकारले हानी नोक्सान पु¥याउने खालका पार्टी भित्र वा बाहिरका प्रवृत्ति विरूद्ध सदैव चनाखो र सचेत रहनुपर्दछ,’ जसपा नेपालले भनेको छ।

यस्ता प्रवृत्ति, चरित्र र क्रियाकलाप गर्ने पार्टीका जुनसुकै तहमा रहेका व्यक्तिहरूको पहिचान गरी मातहतका समितिले पार्टी विधान अनुसार अनुशासनको कारबाही गर्न पनि भनिएको छ।

पार्टीको विधानविपरीत क्रियाकलाप गर्ने र पार्टी आचार संहिता उल्लंघन गर्ने जोसुकैलाई पनि पार्टीले कारबाहीको दायरामा ल्याउनुपर्ने जसपा नेपालको निष्कर्ष छ।

Comment


Related News

Latest News

Trending News