२०८२ आश्विन ६, सोमबार १८:२५

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले देशमा १० सहरका सार्वजनिक स्थानमा नि:शुल्क वाइफाइ व्यवस्था गरिने बताएका छन्।

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेपछि मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा नि:शुल्क वाइफाइ व्यवस्था गर्ने निर्णय गरेका हुन्। उनले यो काम ५ महिनाभित्र गरिने बताएका छन्।

उनले धुलो र खरानी टक्टक्याएर अघि बढ्ने पनि बताए। साथै उनले कर्मचारीलाई कुनै दबाब नदिने र हस्तक्षेप नगर्ने बताए । कर्मचारीले राजनीतिक दल र नेताको हस्तक्षेपबिना स्वतन्त्र रूपमा काम गर्न पाए अब्बल काम गर्न सक्ने विश्वास उनको छ।

Comment


Related News