२०८२ आश्विन ७, मंगलवार १४:३९

जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेका छन् । हिजो (सोमबार ) उपमहानगरपालिकाका उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरु आज पेन डाउन गरेका छन् ।

भण्डारण महाशाखा प्रमुख गणेश यादवले सोमबार घटस्थापनाको दिन घटेको घटनाको विवरण दिँदै भने– “सोमबार उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो । त्यो यात्राबाट फर्केर आएका कर्मचारीहरू थकित अवस्थामा आराम गरिरहेका थिए । त्यही बेलामा उपमेयर साह कार्यालय आइपुग्नुभयो र आफूलाई सम्मान नगरेको, आफ्नो आदेश नमान्ने गरेको भन्दै जथाभावी गाली गलोज गर्न थाल्नुभयो । जब कर्मचारीहरूले विरोध जनाउँदै ‘गल्ती नभएको अवस्थामा गाली किन गर्ने ?’ भने, उपमेयर साह झन् उग्रिएर कुर्सीसमेत उठाई कुटपिट गर्न तम्सिनुभयो ।”

यादवका अनुसार उपमेयर साह कार्यालय समयमा नियमित रूपमा उपस्थित नहुने, आउँदा समेत अधिनस्त कर्मचारीलाई जथाभावी गाली गर्ने प्रवृत्ति देखाउने गरेको आरोप छ । “पहिल्यै पनि यस्ता घटना पटक–पटक भएका थिए, तर यस पटक बर्दास्तभन्दा बढी भएकाले कानुनी बाटो अपनाउन बाध्य भयौँ,” यादवले भने ।

कर्मचारीहरुले उपमेयर किशोरी साहविरुद्ध सार्वजनिक अपराध मुद्दा दायर गर्न लागेको यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News