२०८२ आश्विन ७, मंगलवार १४:५४

सप्तरीमा नुहाउन गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।

सुरुङ्गा नगरपालिका–२ हर्दिया बस्ने ७ वर्षीया छोरी सुस्तिका चौधरी र ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो।

सुस्तिका स्थानीय सुरेन्द्र चौधरी र आशकी केशर चौधरीकी छोरी हुन्।

तीन जना बालिका सोमबार साँझ नुहाउन स्थानीय अरविन्द चौधरीको माछा पोखरीमा गएका थिए। नुहाउने क्रममा दुई जनाको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

‘तीन जना बालिका नुहाउन भनेर पोखरीमा गएका रहेछन्, तेस्री बालिकाले दुई जना पोखरीमा डुबेको खबर गाउँमा गरेकी थिइन्,’ उनले भने, ‘गएर उद्धार गर्दा उनीहरूको मृत्यु भइसकेको थियो।’

प्रनाउ बस्नेतका अनुसार प्रहरीलाई घटनाबारे स्थानीयले जानकारी गराएका थिए। स्थानीयबासीको सहयोगमा पोखरीबाट बालिकाहरूको शव निकालिएको थियो।

Comment

Related News

Latest News

Trending News