२०८२ आश्विन ७, मंगलवार १७:२८
मुग्लिन–नारायणगढ सडक फेरि दुईतर्फी अवरुद्ध भएको छ। तुइनखोला पुलनजिकै खसेको पहिरोका कारण आज दिउँसो १ बजेदेखि सडक आवागमन दुवैतर्फ बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
निरन्तर माथिबाट ढुंगा खसिरहेकाले उपकरण सञ्चालन गरेर पहिराे हटाउन पनि समस्या भइरहेको डिभिजनले जनाएको छ।
यसअघि, गत शुक्रबार साँझ खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो। त्यसको झन्डै ४५ घण्टापछि सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो।
माथिबाट निरन्तर खसिरहेको सुक्खा पहिरोका कारण सडक आवागमन सहज हुन सकेको छैन। जसका कारण दसैँ मनाउन घर हिँडेका हजारौँ यात्री मर्कामा परेका छन्।


