
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।
बिहीबार ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीले सम्बोधन गर्ने जनाइएको छ ।

जेनजी प्रदर्शनपछि भदौ २७ गते कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।