
मधेश प्रदेशसभामा संघीयता सबलीकरणको लागि संकल्प प्रस्ताव दर्ता गरिएको छ ।
जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक राम अशिष यादवले प्रस्ताव गरेको संघीयता सबलीकरणको लागि संकल्प प्रस्तावमाथि सबै दलले समर्थन गरेको छ । संघीयताको रक्षा र संविधानमा उल्लेखित अधिकारका लागि चार बुँदे उक्त संकल्प प्रस्तावमाथि नेकपा एमाले मधे प्रदेशका संसदीय दलका प्रमुख सचेतक हरिनारायण महतो, नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झा, जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका प्रमुख सचेतक चन्दन कुमार सिंह, नेकपा माओवादी केन्द्र मधेश प्रदेशकी प्रमुख सचेतक सुनिता यादव, लोसपा नेपालकी रमिता प्रधान, नेकपा एस मधेश प्रदेशका संसदीय दलका प्रमुख सचेतक कनिश पटेलले समर्थन गरेका छन् ।

उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल भइ पारित हुने बताइएको छ । संघीय संरचनाहरुलाई कमजोर पार्ने प्रयाशहरुको विरोध गर्दै संविधानमा स्थापित अधिकार रक्षाका लागि संकल्प प्रस्ताव दर्ता गरिएको प्रमुख सचेतक यादवले जानकारी दिए ।