२०८२ आश्विन ९, बिहीबार ०८:११

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दैछिन्।

गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन्। उनले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।

गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गते प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी त्यसको पुनर्निर्माण, भदौ २३ गते तत्कालीन सरकार पक्षबाट भएको दमन लगायत विषय समेटेर उनले देशवासीलाई सम्बोधन गर्न लागेका हुन्।

Comment

Related News

Latest News

Trending News