२०८२ आश्विन ९, बिहीबार १८:१७

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस सरकारको नेतृत्व अब नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा बिहिबार पत्रकारहरुसंग कुरा गर्दै महामन्त्री शर्माले कांग्रेसलाई मजबुत अवस्थामा पुर्याउन सबैभन्दा बढी बलिदान दिने नेपाली कांग्रेस नै मधेसको नेतृत्व गर्न नसकेकाले अब मधेस सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताए । उनले मधेसको अहिलेका मुख्यमन्त्री सतिशकुमार सिंहलाई कांग्रेसको नेतृत्वकालागि मार्ग प्रशस्त गर्न आग्रह समेत गरे । उनले मुख्यमन्त्रीकै दल प्रतिपक्षमा पुगिसकेकाले नैतिका देखाएर राजिनामा दिनु उचित हुने बताए ।



एक अर्को प्रसंगमा नेपाली कांग्रेस पुस्तान्तरण मात्र नभई सम्पूर्ण रुपान्तरणको पक्षमा रहेको बताए । महामन्त्री शर्माले नेपाली कांग्रेस सम्पूर्ण रुपान्तरणको पक्षमा रहेको स्पष्ट गरे ।

उनले जेनजी पुस्ताले उठाएका मागहरु सम्बोधन गर्नुका साथै विगतका उपलब्धीहरुलाई समेत संस्थागत गर्ने गरी हामी अगाडी बढ्छौँ बताए । उनले भने ‘जेनजी पुस्ताले उठाएको माग सम्बोधन गरिने नै हो तर यसका साथै अन्य पुस्ता र विगतका आन्दोलनबाट प्राप्त अधिकारहरुलाई संस्थागत गर्ने पक्षमा कांग्रेस छ ।’

Comment


Related News