
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी कार्कीले जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेमाथि कडा कारबाही हुने प्रतिबद्धता जनाएकी हुन् ।

कार्कीले भनिन्, “भ्रष्टाचार नियन्त्रण र सुशासन ल्याउनका लागि आन्दोलनमा निस्किएका जेनजी आन्दोलनकारीको ज्यान जानेगरी गोली चलाउन संलग्न सबैलाई कारबाही गरिनेछ ।”
कार्कीले उत्साहका साथ निर्वाचनमा भाग लिन सबैसँग अनुरोध गरेकी छन् । “उत्साहका साथ भाग लिन सबै नेपालीलाई आह्वान गर्न चाहन्छु,” उनले भनेकी छन् ।