२०८२ आश्विन १०, शुक्रबार ०७:३६

सिरहामा अनुदानको मलमा कालोबजारी भइरहेको छ ।

रासायनिक मलमा कालोबजारी बढेको जनगुनासोपछि प्रशासनले सिरहको गोलबजारमा रहेको एक गोदाममा छापा हानेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको टोलीले बुधबार गोलबजारस्थित कुशल महतो सञ्चालक रहेको कुशवाहा एग्रोभेट एन्ड बिज भण्डारमा छापा मारेको छ ।



सिरहाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कुशवाहा एग्रोभेट एण्ड बिज भण्डारको गोदामबाट युरिया ४२ बोरा, डीएपी ९६ बोरा, पोटास ७ बोरा र अन्य ९ बोरा सरकारी अनुदानको रासायनिक मलखाद नियन्त्रणमा लिइएको जानकारी दिए । अहिले सो पसलको गोदाम सिल गरिएको जनाइको छ । एउटा गोदाम खुला अवस्थामा भेटिए पनि अर्कोमा ताल्चा रहेको पाइएकोले सिल गरिएको र बिहीबार त्यस गोदाममा ७ दिने सूचना टाँसेर कानुनी प्रक्रियाअघि बढाइने प्रजिअ अधिकारीले बताए ।

Comment


Related News

Latest News

Trending News