२०८२ आश्विन १०, शुक्रबार ०८:०२

भारत–नेपाल सीमाको रक्सौल नाकामा एक विदेशी पक्राउ परेका छन । फर्जी पासपोर्ट प्रयोग गरी वीरगञ्ज भएर भारत प्रवेश गर्ने क्रममा भारतीय सुरक्षा अधिकारीहरुले एक नाइजेरियन नागरिकलाई पक्राउ गरिउको हो ।

नाइजेरियन नागरिकले नकली पास्र्पोट प्रयोग गरि भारत प्रवेश गर्न खोजेको आरोपमा रक्सौल स्थित इम्रिगेसन विभागको अधिकारीहरुले पक्राउ गरेका जनाइएको छ । भारततर्फ प्रवेश गर्ने क्रममा शंका लागेपछि गरिएको जाँचपडतालका क्रममा ती नाइजेरियन नागरिकको पासपोर्ट नक्कली भएको पुष्टि भएको हो ।



भारतीय आव्रजन विभागका अनुसार पक्राउ परेका विदेशी नागरिकले प्रयोग गरेको पासपोर्टको विवरण र स्वरुप मिल्दो नभएको पाइएपछि गहिरो छानबिन गरिएको थियो । जाँचपछि उक्त पासपोर्ट फर्जी रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

भारतीय सीमा क्षेत्रमा पछिल्लो समय नेपाल भएर भारत अवैद्य रुपमा प्रवेश गर्नेहरुको संख्यामा आश्र्चजन बृद्धिभएको छ ।त्यसमा पनि फर्जी कागजातका आधारमा आवत–जावत गर्ने क्रियाकलाप बढ्दै गएकोप्रति सुरक्षा निकायहरू सिमामा चुनौति बढाएको छ ।

खास गरेर नेपाल भएर वीरगन्ज लगायत सिमावर्ती क्षेत्रमा बढेको विदेशीहरुको अवैद्य घुसपैठले सिमामा खटिने सुरक्षा कर्मिहरुको चुनौतीलाई बढाएको छ ।त्यसमा पनि नेपाली पक्षको उदासिन्ता र असफलताले गर्दा सिमामा भइरहेका चेकजाँच प्रति प्रश्न उठने गरेका छन । समय समयमा भारतीय संचार माध्यमहरुले नेपाल प्रति उठाएको प्रश्नहरुलाई बलपुरयाउने गरेको एक भारतीय सुरक्षा अधिकारीले बताए ।

“सीमामा अवैध गतिविधि रोक्न आव्रजनको टोली नियमित रूपमा निगरानी र कडाइका साथ जाँच गर्दै आएको छ,” विभागका एक अधिकारीले बताए।

फर्जी पासपोर्ट प्रयोग गरी सीमा पार गर्न खोज्ने ती नाइजेरियन नागरिकलाई अहिले नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ। अनुसन्धानपछि कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइने बताइएको छ। सीमा सुरक्षामा खटिएका अधिकारीहरूले यस्ता घटनाले सीमा पार गर्ने विदेशी नागरिकको कडाइपूर्वक जाँचको आवश्यकता झनै बढाएको बताएका छन्।

Comment


Related News

Latest News

Trending News