२०८२ आश्विन ११, शनिबार ०७:३८

पर्साको छिपहरमाई गाउँपालिका–५ स्थित भिस्वामा बिहीबार साँझ भएको गोली प्रहार घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना किशोरलाई नियन्त्रणमा लिएको छ ।

उक्त घटनामा १६ वर्षीय गोलु आलम घाइते भएका छन् । पर्सा प्रहरीले जनाए अनुसार गाउँपालिका कार्यालय पछाडिको सडकमा अपरिचित समूहले गोली चलाउँदा भिस्वाकै गोलु आलमको बायाँ तिघ्रामा गोली लागेको हो। उनलाई तत्कालै नारायणी अस्पतालमा उपचार भइरहेको छ ।



जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले दिएको जानकारी अनुसार, घटना लगत्तै तीन किशोरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । उनले भने, “नियन्त्रणमा लिइएकाहरू सबै टिनएजर्स हुन्। उनीहरूको गाउँमा चालचलन र आचरण राम्रो नभएको बताइएको छ।” घाइते आलमले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार, उनी साँझ घर फर्कँदै गर्दा बाटोमा केही युवाबीच विवाद भइरहेको थियो । त्यही बेला अचानक गोली चलेको र आफू घाइते भएको उनले बताएका छन्। उनले गोली कसले चलाएको देख्न नपाएको बताए ।

घटनाको पृष्ठभूमिमा स्थानीयबीचको पुरानो विवाद रहेको बताइएको छ। भिस्वा बजारबाट झलमहियातर्फ फर्किने किशोरी तथा युवतीहरूलाई जिस्क्याउने र छेडखानी गर्ने विषयमा दुई गाउँका युवाबीच पछिल्लो समय तनाव बढेको थियो। बिहीबार बेलुकी सोही विवाद चरममा पुगेर गोली हानिएको स्थानीयले बताए । प्र्सा प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ । गोली कसले चलायो र त्यसको उद्देश्य के थियो भन्ने विषयमा अझै पुष्टि भइसकेको छैन ।

Comment


Related News

Latest News

Trending News