२०८२ आश्विन ११, शनिबार ०७:४३

जेन–जी पुस्ताको शहादतपूर्ण आन्दोलन पश्चात् लगभग ‘साइलेन्ट मूड’ मापुगेको नेपाली राजनीति बडा दशैंको बुइ चढि अचेल चलमलाउन थालेको छ । सत्य, अग्रगमन, सुशासन र सशक्तिकरणकी प्रतीक ९ बहिनी दुर्गालाई परास्त गर्न हजारौं महिषासूरहरु खडग धारण गरी ललकारा दिन थालेका छन् । कोही प्राप्त उपलब्धि खोस्न खोज्दै छन् । कोही यथास्थितीमा रमाउन खोज्दै छन् ।

अन्ततः जीत सत्यकै हुनेछ भने ऐतिहासिक नजीरहरुलाई बेवास्ता गरी जुनसुकै मूडमा बस्नेहरुलाई आ–आफ्ना आस्थाअनुसार, खुःख मनाउ गर्ने, खुसी हुने अथवा यथास्थितीमा रमाउने अधिकार छ । तिनै थरी प्रवृतिलाई विजया दशमीको शुभकामना ……। वर्षभरि आ–आफ्ना वृति–विकास तथा व्यावसायमा लागि रहने जनकपुरधामका युवाहरु गणेश पूजादेखि छठ पर्वसम्म अत्यधिक व्यस्त हुन्छन् ।



कारण जनकपुरधाममा आयोजन हुने गणेश पूजा, दुर्गा पूजा र छठलगायतका पर्व त्यौहार यिनै युवाहरुको मिहिनेतको प्रतिफल हो । जनकपुरधाममा आयोजन हुने पर्व त्यौहारहरुलाई भव्यता प्रदान गर्ने यहाँका युवा कमिटीहरु धन्यवादका पात्र हुन् । आभार युवा कमिटीहरु तथा धन्यवादयी कमिटीहरुसंग आवद्ध युवकहरु ।

युवाहरुको लगनशीलताको परिणाम हो, आजजनकपुरको दशैं देशभरि चर्चित हुनथालेको छ । छठि महापर्व अवलोकन, अध्ययनतथा अनुसन्धान गर्न देशी विदेशी पर्यटक तथा अन्वेषकहरु ऋाउन थालेका छन् । सरकारले गनुपर्ने काम यहाँका युवा कमिटीहरुले गरेका छन् । जिम्मेवारी लिनेसंग प्रश्न पनि गरिन्छ । प्रश्नदेखि डराउने वा प्रश्नकर्तालाई बैरी ठान्नेहरुको हबिगत के हुन्छ ? यसको नमूना जेन–जी आन्दोलनपछि हाम्रा नेताहरु हुन् ।

बडा दशैंको अवसरमा जनकपुरधामको रामानन्द चोक, जीरोमाइल, विद्यापति चोक, पूल चोक आदि स्थानमा दुर्गा प्रतिमा निर्माण गरी पूजा अर्चना गरिन्छ । राजदेवी मन्दिर, बौधीमाई, अमरखना मान्दिर, पिडरिया माई, सोनासतीमाई लगायतका शक्तिपीठहरुलाई साज सृंगार गरी पूजा आराधना गरिन्छ । तर श्रद्धालुहरुको मुख्यआकर्षण भने राजदेवीमन्दिर हो ।

राजदेवीसंगै बौधीमाई, अमरखनामाई लगायतका शक्तिपीठहरु पनि नजिकै भएकाले राम चोकदेखि जनक चोक र राजदेवी मन्दिर वरिपरी श्रद्धालुको चाप अत्यधिक हुन्छ । अझ दशैं बजार पनि यसै क्षेत्रमा अवस्थित गोपाल धर्मशालामा लाग्ने गरेकोले विजया दशमीमा यो क्षेत्र भरिभराउ हुन्छ । सप्तमीदेखि नवमीसम्म त श्रद्धालुको संख्या लाखौंमा पुग्छ ।

श्रद्धालुहरुमा महिला, बालबालिका तथा वृद्ध वृद्धाहरुको संख्या उल्लेख्य हुन्छ । राजदेवी मन्दिर, बौधीमाई र अमरखनामाई मन्दिरको पूजा, प्रसाद, बोकावली, शान्ति सुरक्षा आदिको व्यवस्था स्थानीय प्रशासन र गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकासंगको समन्वयमा श्री रामयुवा कमिटी र महावीर युवा कमिटीले गर्दै आएको छ ।

यस अर्थमा तामझामका साथ भजन सन्ध्यासहित भव्यतापूर्वक पूजा आयोजन गर्ने दुबै कमिटी धन्यवादका पात्र हुन् । शक्तिपीठहरुको साज–सृंगारको नाममा राजदेवी मन्दिरको वरिपरी सडकमै बाँस खडा गरेर ठुल–ठुला पण्डाल बनाइएका छन् । एकातिर पण्डालको कारण सडक सांगुरो भएको छ । अर्कोतिर अन्यदिन फुटपैथमा पसललगाउनेहरु अचेल फूटपाथसंगै सडकको दुबैपट्टी पसल थापेर बसेका छन् । लाग्छ, यो साज–सृंगार भगवती र श्रद्धालुको भन्दा पनि यी पटके पसलेहरुको लागि गरिएको होउन् ।

राम मन्दिर अगाडिको पार्क र बौधीमाई मन्दिरको खाली स्थानमा व्यावसायिक प्रयोजनका झुला लगाइएका छन् । श्रद्धालुहरुलाई घाम, पानीबाट जोगाउन दाताहरुले बनाइ दिएको धनुषसागर पश्चिम डिलको वर्षातीमा लाग्दै आएको बरमसिया मीना बजार अचेल सडकको दुबै किनारमा पनि विस्तार भएको छ । सफाईमा प्रयोग हुने जनकपुरधाम उपमहानगरपालिकाको टै«क्टर, टिपर, बारुण यन्त्रसंगै निजी तथा भाडाका चारपांग्रे गाडीको चहलपहल पनि त्यतिकै छ ।

अर्को शब्दमा भनौं भने राजदेवी मन्दिर वरिपरीका सडक र चोक मीना बजार बनेको छ । दुबै तिरको लाउडस्पिकरमा चर्को आवाजमा गैर मिथिला संस्कृतिका गीतहरु बजिरहन्छन् । जसले ध्वनी प्रदुषण बढाएको छ । भदौँ २३ र २४ गते भएको जेन–जी आन्दोलनले ठूलो सिख दिएको छ ।

यस आन्दोलनले नेताहरुलाई आमजनताको भावनासंग खेलवाड नगर्न सिख दिएको छ भने, सरकार र प्रशासनलाई दिएको सिख हो– भीड नियन्त्रण र भीड व्यवस्थापन गर्न नसकेपछि ठुलो क्षति हुन्छ । शान्ति सुरक्षाको नाममा अत्यधिक बलप्रयोग गर्दा अझ बिकराल स्थिति खडा हुन्छ । बडा दशैंको बेला यस्ता उपदेश किनदिएको होलान् भने प्रतिप्रश्न खडा नहोला भन्न सकिन्न । तर यो सवाल आवश्यक छ ।

कारण बडा दशैंको अवसरमा करोडौँ खर्च गर्ने जनकपुरधामका युवा कमिटी, जनकपुरधाम उपमहानगर पालिका तथा प्रहरी प्रशासनका पदाधिकारीहरुले सोंचेका छन्– कथंकदाचित भीड अनियन्त्रित भयो र भगदड मच्यो भने उनीहरुको ज्यान कसरी जोगाउने ? सुरक्षाकर्मीरुलाई राम्ररी थाहा होला, यस्तो विषम् परिस्थितिमा खाली स्थान चाहिन्छ ।

जहाँ भीडलाई राख्न सकिन्छ । भगदडका घाइतेहरुलाई उपचार गर्न सकिन्छ । तर दुर्भाग्यवश क्षेत्रका खाली स्थानीयताः राममन्दिर पार्क । बौधिमाई मन्दिर परिसरमा ठेक्कामा दिएर झुलाझुलाइँदै छ । वर्षाती, सडक पेटी र सडकमा मीना बजार लगाइएको छ । सरोकारवाला निकाय मौन छन् । भगवान भरोसे चल्दै आएको जनकपुरधामको मेला व्यवस्थापनबारे मैले भन्ने यही हो– ह, े राजदेवी माता कृपा करु ।।

Comment


Related News

Latest News

Trending News