२०८२ आश्विन ११, शनिबार १४:११

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड रहेकाले त्यो बाहिर ल्याउन सुझाव दिएका छन्।

आज भक्तपुरको गुन्डुमा पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा स‌ंघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उनले भने, ‘यो सरकार जनताको अभिमतबाट बनेको होइन, तोडफोड र आगजनीको माध्यमबाट बनेको हो। यो सरकारलाई भन्छु- मेरा कुराहरू हिम्मतका साथ प्रकाशित गरोस्। कर्मचारीलाई दिएको निर्देशन, प्रहरीलाई दिएको निर्देशन दिएको, रेकर्डेड छन्। बाहिर ल्याओस्। हामी छलछाम गर्दैनौँ। हामीले भनेका कुरा सरकारले एक्सपोज गरोस्।।’



ओलीले देशलाई सही बाटोमा फर्काउन एमालेबाहेक अरूले नसक्ने दाबी गरेका छन्। उनले भने, ‘देश बनाउने एमालेले नै हो। त्यसैले तपाईँहरूले हरेस नखानुहोस्। सिङ्गो देशवासीलाई आग्रह गर्छु, सबै संयमता अपनाउनुस्। राष्ट्र जोगाउन एकता चाहिएको छ, त्यही अनुसार आग्रह गर्छु।’

उनले देश निर्माणमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

Comment


Related News