२०८२ आश्विन १२, आईतवार ०७:५७

जेन– जी आन्दोलनको क्रममा आगलागीपछि पहिलोपटक गृहनगर धनुषामा आइपुगेका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले शनिबार आन्दोलनका क्रममा आगो लगाइएका विभिन्न स्थलहरूको अवलोकन गरेका छन् ।

जनकपुरधाममा शनिबार आएका नेता निधिले सबैभन्दा पहिले धनौजी गाउँपालिकामा गएर पूर्व गाउँपालिका अध्यक्ष बद्री सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि उनी मधेश प्रदेशसभा भवन पुगेर आन्दोलनका क्रममा आगो लगाएर क्षति पु¥याइएका स्थानहरूको अवलोकन गरेका छन् ।

निधिले शनिबार आन्दोलनमा क्षति भएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति कार्यालय, मधेश प्रदेश कार्यालय, नेकपा एमाले नेता एवं पूर्वमन्त्री रघुवीर महासेठको निवास, कांग्रेस नेता एवं पूर्वमन्त्री महेन्द्र यादवको घर, एमाले नेता दीपेन्द्र ठाकुरको घर, कांग्रेस नेता रामकृष्ण यादवको घरलगायत विभिन्न स्थल अवलोकन गरेका थिए ।

Comment

Related News

Latest News

Trending News