२०८२ आश्विन १३, सोमबार ०५:४२

धोबीनी गाउँपालिकाको ११औ गाउँसभा नीति तथा कार्यक्रम सम्पन्न भएको छ ।

गाँउसभबाट चालू आर्थिक वर्ष २०८२/८३ को नीति,कार्यक्रम तथा वार्षिक बजेट ३३ करोड ८८ लाख ८८ हजार ९ सय ८१ रुपैया बराबरको पारित गरि प्रस्तुत गरिएको छ । गाँउसभामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाले ३३ करोड ८८ लाख ८८ हजार ९ सय ८१ रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गरेका थिए । गाउँ सभामा बोल्दै गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले स्वास्थ्य,शिक्षा,कृषि ,महिला बालबालिका ,पर्यटन, भौतिक बिकास निर्माणको काममा जोड दिइएको बताए । उनले राजनीतिक समस्याको कारण गाउँ सभा ढिलाई भएको चर्चा गर्दै यसले बिकासको काम र जनताको कामकाजमा समस्या भईरहेको प्रष्ट गरे ।उनले अब बिकास लगायत जनताको कामकाज छिटो छरितो हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।



गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष मंजु देबी कुर्मिन,प्रमुख प्रसाशकिय अधिकृत कृष्ण प्रसाद खतिवडा , वडाअध्यक्ष बन्धु साह तेली,देबेन्द्र पटेल,,राजकिसोर पटेल लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News