२०८२ आश्विन १३, सोमबार १३:४७

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् आपूर्ति लिएका उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने समयसीमा सच्याएको छ ।

प्राधिकरणले असोज १२ गते प्रकाशित सूचनामा महसुल बुझाउने अन्तिम म्याद २१ दिन भनिए पनि त्रुटि भएको भन्दै नयाँ मिति कार्तिक २ गतेसम्म तोकेको हो । प्राधिकरणका अनुसार, अब व्यापारीहरूले कार्तिक २ गतेभित्र डेडिकेटेड तथा ट्रंकलाइन महसुलको अतिरिक्त बक्यौता भुक्तानीको प्रक्रियामा आउनुपर्नेछ ।



तोकिएको अवधिभित्र सार्वजनिक बिदाका दिनमा समेत महसुल संकलन काउन्टर खुला रहने प्राधिकरणले जनाएको छ । साथै, विद्युतीय माध्यम प्रयोग गरेर पनि सहज रूपमा महसुल बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।

बक्यौता महसुल कार्तिक २ गतेभित्रै बुझाउन प्राधिकरणले उपभोक्तालाई आग्रह गर्दै यो संशोधित सूचना सार्वजनिक गरेको हो । व्यापारीहरू भने प्राधिकरणले जबरजस्ती गर्न लागेको बताउँदै आएका छन् ।

Comment


Related News