२०८२ आश्विन १३, सोमबार १७:०८

जेनजी आन्दोलनको क्रममा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

नुवाकोट पञ्चकन्या गाउँपालिका-२ का ३६ वर्षीय लक्ष्मण राईको मृत्यु भएकोछ।

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनलाई टाउकोमा गोली लागेर घाइते भएका थिए।

उपचारका लागि ट्रमा सेन्टरको आइसियूमा राखिएको थियो। त्यहाँ उपचारको क्रममा आइतबार मृत्यु भएको हो।

योसँगै मृतकको संख्या ७६ पुगेको छ।

Comment


Related News

Latest News

Trending News