२०८२ आश्विन १४, मंगलवार ०६:००

जेन– जी आन्दोलनपछि मधेश केन्द्रित दलहरु एकता गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । मधेश केन्द्रित दलहरु सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले फेरि पनि एकताको लागि अघि बढ्नुको विकल्प नरहेको भन्दै एकताका लागि गृहकार्य थालिएको जनाएको छ ।

पटक–पटक टुटेका फुटेका दलहरु जेन– जी आन्दोलनपछिको परिस्थितिमा फेरि एक ठाउँमा आउने संकेत देखिएको छ । संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरुबीच एकताका लागि प्रस्ताव नै पेस भएको छ ।



२०७४ सालको आम निर्वाचन जनता समाजवादी पार्टी नेपाल बनाएर मधेश केन्द्रित अधिकांश दल एकीकृत भएका थिए ।

अहिले संघीय लोकतान्त्रिक मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रकि पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी आवद्ध छन् ।

Comment


Related News

Latest News

Trending News