२०८२ आश्विन १४, मंगलवार १३:३६

पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्ती तथा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले सरकारी गाडी फिर्ता गरेका छन्।

अर्थमन्त्री रामेश्वर खनालले आज (मंगलबार) उक्त जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘कानुनमा सवारीसाधनको सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनुभएका पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारीसाधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ।’

सरकारले हालै पूर्वपदाधिकारीहरूलाई कानुनमा नभएका सेवासुविधा फिर्ता गर्न भनेको थियो।

Comment

Related News

Latest News

Trending News