
जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४,९०३ वटा बोकाको बलिप्रदान भएको छ ।
हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त भएको थियो । बोकाबलीका लागि चारवटा ठेहा राखिएको थियो । यस वर्ष पनि नेपालका विभिन्न भागबाट भाकल पूरा भएकाहरु बोका चढाउन आएका थिए । भारतको सीमावर्ती क्षेत्रहरुबाट पनि श्रद्धालुभक्तजनहरु बोका चढाउन आएका थिए ।
