२०८२ आश्विन १८, शनिबार १४:५१

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले काठमाण्डौ सहित २० जिल्लामा ‘रेड अलर्ट’ अर्थात उच्च जोखिमको चेतावनी जारी गरेको छ । गएरातिदेखि वर्षा भइरहेको र दिउँसोपछि वर्षा झनै बढ्ने सम्भावनाका कारण महाशाखाले रेड अलर्ट जारी गरेको हो ।

महाशाखाको सूचना अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिमको सम्भावना छ । यि २० जिल्लामा रेड अलर्ट जारी भएको हो ।



यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा पनि आज बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

साथै आज कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना देखिएको महाशाखाको सूचनामा भनिएको छ । आज बागमती र पूर्वी राप्ती नदीमा पानीको बहावले सतर्कता तह पार गर्ने सम्भावना छ ।

Comment


Related News

Latest News

Trending News