२०८२ आश्विन १९, आईतवार ०९:५२

रौतहटमा सनिवार साँझ हावाहुरी अबिरल बर्षा संगै परेको चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ भने प्रहरीको उपकरणमा समेत क्षती पुगेको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार सनिवार साँझ ६ बजे परेको चट्याङ लागेर कटहरिया नगरपालिका २ हंथियाहि गाउँका दुईजना र भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका ८ मनसरी गाउँका एकजना गरी तीनजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा कटहरिया २ का बर्ष १६ को सेराज लहेरी र बर्ष १६ को नबिन यादव रहेका छन्। उनीहरू घर बाहिर घुमिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको थियो।

त्यसैगरी ईशनाथ ८ का ४५ बर्षीय ननक भन्ने शेख जमरुन आफ्नै घरको बरण्डामा बसिरहँदा सनिवार साँझ चट्याङ लागेर मृत्यु भएको थियो। मृतक तीनैजनाको शव रातिनै पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा लागिएको प्रवक्ता कार्कीले जानकारी दिएका छन्।

त्यस्तै बर्षा संगै चट्याङ लागेर ईलाका प्रहरी कार्यालय शिवनगरको कार्यालय भित्र रहेको इन्भर्टर १ थान र १२ भोल्टको ब्याट्रिमा क्षती पुगेको प्रहरीले जनाएको छ। उता प्रहरी चौकी बांकुलको हाताभित्र रहेको सपेता ९ मसला० को रुख सनिवार राति हावाहुरीले शौचालय माथी खस्दा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

Comment


Related News

Latest News

Trending News