२०८२ आश्विन १९, आईतवार १६:१२

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा अत्यधिक वर्षा गराएको मौसमी प्रणाली देशबाट बाहिरिएको छ ।

शुक्रवार र शनिवार धेरै ठाउँमा वर्षा गराएको प्रणाली आज दिउँसोदेखि बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणाली अहिले सिक्किम–भूटान आसपासमा सक्रिय रहेको छ ।



महाशाखाका अनुसार कोशी जलाधारको केही ठाउँमा भइरहेको वर्षा पनि चाँडै रोकिने सम्भावना छ । वर्षा रोकिए पनि कोशी नदीको बहाव अझै उच्च रहेकोले बेलुकासम्म तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने मौसमविद्को सुझाव छ । तत्काल ठूलो वर्षा गराउने अर्को प्रणालीको सम्भावना नरहेको पनि मौसमविद्को भनाइ छ ।

पछिल्ला दिनमा वर्षा गराएको प्रणाली बाहिरिए पनि मनसुन बाहिरिएको छैन । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख अर्थात् असोज १६ गते रहे पनि अझै केही दिन मनसुन कायमै रहने मौसमविद्को अनुमान छ ।

Comment


Related News

Latest News

Trending News