२०८२ आश्विन १९, आईतवार १८:२६

भारतका ३ वटा राज्यले खोकीको औषधि सिरपमाथि प्रतिबन्ध लगाएका छन् । सिरपकाे प्रयाेगपछि धेरै बालबालिकाको ज्यान गएका कारण मध्य प्रदेश, तमिलनाडु र केरला राज्यले प्रतिबन्ध लगाएका समाचार संस्था एएफपीले जनाएको छ ।

मध्य प्रदेश र राजस्थानमा अगस्टको अन्त्यदेखि ५ वर्षमुनिका कम्तीमा ९ जना बालबालिकाको मृत्यु उनीहरूलाई दिइएको खोकीको औषधिसँग सम्बन्धित रहेको पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बालबालिकाले प्रयाेग गरेका सिरपको नमूनामा गरिएको प्रयोगशाला परीक्षणले औद्योगिक विलयमा प्रयोग हुने विषाक्त पदार्थ डाइथाइलिन ग्लाइकोल पाइएको छ । याे सानो मात्रामा पनि प्रयाेग गरेमा घातक हुन सक्छ ।

‘कोल्ड्रिफ कफ सिरप’ नामक ब्रान्डमा बिक्री हुने यो उत्पादन दक्षिण भारतको तमिलनाडु राज्यमा रहेकाे स्रेसन फार्मा कम्पनीले उत्पादन गरेको हो । यो औषधिले यसअघि सन् २०२२ मा गाम्बियामा ७० जनाभन्दा धेरै बालबालिकाकाे ज्यान गएको थियो ।

Comment


Related News