२०८२ आश्विन २१, मंगलवार १४:३१

रौतहट जिल्लाको उतरिभेग गुजरा नगरपालिका स्थित एउटा गोठको ताला फोडेर दुईवटा खसी चोरी गरेको घटनामा संलग्न दुई जना चोर र एक जना खरिदकर्ता प्रहरीको फन्दामा परेका छन्।

इलाका प्रहरी कार्यालय बिजयपुरका अनुसार खसी चोरीमा संलग्न गुजरा नगरपालिका–२ का शंकर बहादुर घिसिङ ,वडा ५ का शिवधारी साहलाई पक्राउ गरिएको छ। चोरी गरिएको खसी खरिद गर्ने कटहरिया बजारका साजन जैसवाल समेत नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार गुजरा नगरपालिका–५ हरिहरपुर निवासी जगदीश साहको गोठमा गत १८ गते राति चारजना चोरको समूहले ताला फोडी करिब २८ हजार रुपैयाँ मूल्य बराबरका दुईवटा खसी चोरेका थिए। चोरी गरेका खसीलाई उनीहरूले कटहरियामै रहेको साजन जैसवालको मिट हाउसमा रातारात जम्मा ८ हजार रुपैयाँमा बिक्री गरेका थिए।

घटना सार्वजनिक भएपछि प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजतलास गर्दा चोरहरु घिसिङ र साहलाई पक्राउ गरी सोधपुछ गर्दा घटनाको पर्दाफास भएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिए।

उनका अनुसार चोरी भएका दुवै खसी बरामद गरी हाल इलाका प्रहरी कार्यालय बिजयपुरमा राखिएको छ। पक्राउ परेका चारजना चोर र चोरीको खसी खरिदकर्ता जैसवालविरुद्ध चोरी सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरार दुईजना चोरको खोजी भईरहेको प्रहरीले जनाएको छ। खसी धनी जगदीश साहले चोरहरूले खसी संगै केही नगद रुपैयाँ समेत चोरिलगेको दाबी गरेका छन्। उता चोरहरु पक्राउ परेपछि हरिहरपुर गाउँमा भएको छलफलमा यस अघी गत वैशाखमा पनी एउटा खसी चोरिभएको जगदीश साहले बताए पनि नगद बारे केही नबताएको स्थानीयहरूले जिकिर गरेका छन्।

Comment


Related News

Latest News

Trending News